२०७९ माघ महिनाको राशिफल
मेष - चलअचल सम्पत्तिको कारोबार, जागीरमा अनुकूल वातावरण, छोटो तथा लामो यात्रा, शुभ कार्यमा संलग्न, स्थान परिवर्तन, वाणीमा रूखोपन, टाउको तथा घाँटीसँग सम्बन्धित समस्या, समग्रमा आर्थिक क्षेत्रबाट लाभ ।
वृष
- धार्मिक भ्रमण, जागीर तथा
व्यवसायमा सामान्य स्थिति, प्रेम सम्बन्ध सफल, वैवाहिक जीवनमा थोरै समस्या, आर्थिक
हानी, विद्यामा बाधा एवं रिस अनियन्त्रित, स्वास्थ्य सामान्य ।
मिथुन - व्यापार व्यवसायमा सामान्य स्थिति, साथीभाइ तथा आफन्तजनबाट असहयोग, पारिवारिक अशान्ति, सामान्य स्वास्थ्य समस्या, व्यर्थको समय र धन खर्च, वैदेशिक मामिलामा विलम्ब ।
कर्कट - आर्थिक स्थिति सबल, जग्गा-जमीन तथा अचल सम्पत्तिको कारोबारमा लाभ, बुद्धिमता र कूटनीतिक क्षमताको प्रदर्शन, रमाइलो भेटघाट, मानसिक चिन्ता, प्रेम सम्बन्ध सफल ।
सिंह
- संघर्षका बाबजुद जागीरमा सफलता,
उचित निर्णय, प्रतिस्पर्धामा विजय, स्वास्थ्य सामान्य, आर्थिक अवस्था राम्रो, अध्ययनमा
सफलता, प्रेमी-प्रेमिकाबाट सहयोग, वैदेशिक यात्रा, राजनीतिक सफलता ।
कन्या - धार्मिक तीर्थयात्रा, व्यापार-व्यवसायमा अनुकूलता, नयाँ वस्तुको खरिदबिक्री, विशिष्ट व्यक्तिबाट प्रशंसा, प्रेम सम्बन्धमा प्रतिकूलता, खर्चमा वृद्धि, अध्ययन सामान्य, स्वास्थ्यमा सामान्य समस्या ।
तुला
- छोटो यात्रा, जागीर र व्यवसायमा
संघर्षले सफलता, साथीभाइ र परिवारको साथ र सहयोग, वैवाहिक सम्बन्धमा वादविवाद,
जीवनसाथीको स्वास्थ्यमा सामान्य समस्या, समग्रमा मिश्रित फल ।
वृश्चिक
- आर्थिक अवस्था राम्रो, नयाँ
वस्तुको प्राप्ति, वाणीको प्रभावमा वृद्धि, विलासी वस्तुको किनबेच, नजिकका
व्यक्तिबाट सहयोग, पराक्रममा वृद्धि, वैदेशिक यात्रा, जग्गा-जमीनको कारोबारमा
ढिलासुस्ती ।
धनु
- सुखद् यात्रा, रमाइलो र विशिष्ट
भेटघाट, जागीर तथा व्यवसायमा उन्नति, अरुबाट सहयोग, आर्थिक पक्ष सबल, शत्रु विजय,
निर्णय लिने क्षमतामा वृद्धि, नयाँ कार्यको थालनी, दाम्पत्य जीवनमा सुख ।
मकर
- धनलाभको सम्भावना, बाहिरी
व्यक्तिहरू एवं विदेशी सम्बन्धबाट लाभ, वाहन सुख, लामो दूरीको यात्रा, रिसमा
वृद्धि, विद्यामा बाधा, प्रेम जीवनमा प्रतिकूलता, राजनीतिमा जटिलता, स्वास्थ्यमा
समस्या ।
कुम्भ
- नयाँ वस्त्र, आभूषण, वाहन आदिको
प्राप्ति, चल-अचल सम्पत्तिको कारोबार, विद्यामा सकारात्मक प्रगति, प्रेम जीवनमा
सफलता, लामो तथा छोटो यात्रा, खर्चमा वृद्धि, गृहस्थ सुखमा कमीको महशुस ।
मीन - अध्ययन र जागीरमा सफलता, सरकारी तथा राजनीतिक क्षेत्रबाट लाभ, पराक्रममा वृद्धि, गरेका कामबाट लाभ, अरुको साथ र सहयोग प्राप्ति, जटिल र रोकिएका काम पूर्ण, धार्मिक कार्यमा सहभागिता ।