वार्षिक राशिफल २०८०
वि.सं. २०८० सालभरि १२ राशिहरूलाई कस्तो फल मिल्दैछ, त्यस सम्बन्धमा यहाँ सङ्क्षिप्तमा उल्लेख गरिएको छ । यो फल १२ राशिसँग मात्र सम्बन्धित भएकाले आफ्नो जीवन र भविष्यको बारेमा विस्तृतमा जान्नको लागि तपाईंले ज्योतिषीसँग परामर्श लिँदा उत्तम हुन्छ ।
१. मेष राशि –
मध्यम समय, एकादश शनिले आयआर्जनमा वृद्धि, मनमा सन्तोष, शैक्षिक क्षेत्र सफल, मांगलिक कार्य, तीर्थयात्रा, पदोन्नतिको योग, वैदेशिक कार्यमा विलम्ब, नजिकका व्यक्तिबाट भरपुर सहयोग पाइने, प्रेम सम्बन्ध मध्यम, खर्चमा वृद्धि, चलअचल सम्पत्तिको कारोबार हुने, ठूला व्यक्तिको सहयोग प्राप्त हुने, वृहस्पति, राहु र केतुको अशुभ फलले कष्ट, पीडा, हानी-नोक्सानी, डर र भय हुन सक्ने, ज्वरोको प्रकोप रहने, जप, हवन आदि शान्ति गर्दा लाभ हुनेछ । भगवान् विष्णुको पूजा-उपासना गर्दा फाइदा हुनेछ ।
२. वृष राशि –
मध्यम फल प्राप्त हुने वर्ष, आम्दानी बढेर जाने, बौद्धिक प्रतिभामा ह्रास, व्यवसाय र वैदेशिक क्षेत्रमा कडा परिश्रम र सफलता हासिल, मानसम्मान पाइने, पारिवारिक सुख मिल्ने, सामान्य शारिरीक पीडा र शत्रु भय, जीवनका समस्याहरू समाधान हुने बाटोमा जाने, कुण्डलीमा वृहस्पति र शनि अशुभ भएमा शान्ति गर्ने, प्रेम सम्बन्धमा उतारचढाव, आन्द्रा र श्वासप्रश्वाससम्बन्धि समस्या देखिन सक्ने, यो वर्ष ठूलो लगानी नगरेकै राम्रो, भगवती देवीको पूजा-उपासना गर्दा शुभ फल प्राप्त हुन्छ ।
३. मिथुन राशि –
शुभकारक समय रहेको, एकादश वृहस्पतिले शैक्षिक र आर्थिक क्षेत्र बलियो बनाऊने, अनेकौँ अवसर प्राप्त हुने, धार्मिक रुचि घट्ने, जग्गाजमीन र वाहन आदिबाट मध्यम फल प्राप्त, स्थानान्तरणको योग, शत्रुवृद्धि, नसोँचेको धन हात पर्ने, सन्तान सुख नहुन सक्छ, पुरानो कारोबारबाट छुट्करा मिल्ने, प्रेमसम्बन्ध सफल, वैदेशिक सफलता कठिन, पेटसम्बन्धि समस्या देखिन सक्ने, भगवान् शिवजी र भैरवको दर्शन गर्दा राम्रो फल पाइने ।
४. कर्कट राशि –
औसत वर्ष रहने, अढैया शनिको प्रभावले शत्रुपीडा, शारीरिक परिश्रम, पारिवारिक समस्या, झुट्ठा आरोप लाग्न सक्ने, अध्ययनमा सफल, व्यापार-व्यवसाय सफल, वैदेशिक क्षेत्रमा सफलता, जागीरमा मानसम्मान प्राप्त हुने योग, कुण्डलीमा शनि आदि ग्रह अशुभ भएमा दान, जप, पूजा-पाठ आदि गरेर शान्ति गर्दा उत्तम, वर्षको उत्तरार्ध बढी राम्रो, प्रेम सम्बन्ध राम्रै छ, कब्जियत र नशासम्बन्धि समस्या हुन सक्ने, हनुमानजीको पूजा उपासनाले राम्रो, पाचन प्रणालीमा समस्या हुन सक्ने भएकाले खानपिनमा ख्याल गर्नुहोला ।
५. सिंह राशि –
वर्ष शुभ रहेको छ, आर्थिक लाभ र यश-कीर्ति प्राप्त हुने र सुखसुविधाको भोग गर्ने समय, जागीर मिल्ने, मानसम्मान मिल्ने एवं पदोन्नति हुने, परिवारमा मेलमिलाप हुने,नजिकका मानिसले विश्वासघात गर्न सक्ने, विवेकको कमि हुने, पशुपालन र जग्गासम्बन्धि कारोबारमा लाभ, विजयी भइनेछ, शैक्षिक क्षेत्र सफल, शरीरमा जलवियोजन तथा मुखसम्बन्धि सामान्य स्वास्थ्य समस्या रहन सक्ने, हनुमान चालिसा पाठ एवं भैरवदेवको दर्शन गर्दा शुभ फल प्राप्त हुने ।
६. कन्या राशि –
मध्यम फल दिने वर्ष, राम्रै धनार्जन हुने, वर्षैभरि सुख, शान्ति र मनमा सन्तोष रहने, वृहस्पति, राहु र केतु प्रतिकूल हुनाले शरीरमा रुघाखोकी र कलेजोसम्बन्धि सामान्य स्वास्थ्य समस्या देखिन सक्ने, धननाश हुने योग, व्यवसायबाट नाफा हुने, धेरै प्रयासपछि वैदेशिक काममा सफलता, कार्यक्षेत्रमा अपजस मिल्न सक्ने, दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमि हुने, शुभ कार्य र धार्मिक यात्रा हुन सक्ने, अध्ययन, अध्यापन सामान्य रहने, वृहस्पति, राहु र केतुको शान्ति गर्दा उत्तम फल प्राप्त हुने, सोमबार भगवान शिवजीको पूजा, उपासना र दर्शन गरेमा राम्रो समय रहरको छ ।
७. तुला राशि –
यो वर्ष अनुकूल रहेको छ । रोकिएका र तयारी गरेका कामहरू सफल हुनेछन् । आर्थिक स्थिती बलियो रहनेछ । आम्दानीका नयाँ बाटाहरू फेला पर्नेछन् । आकस्मिक धन-सम्पत्ति प्राप्त हुने योग देखिएको, सुखसुविधामा वृद्धि र मानसम्मान प्राप्त हुने योग, परिवारमा मांगलिक कार्यको थालनी हुनेछ, शैक्षिक क्षेत्र भने सामान्य नै रहनेछ । केहि वादविवाद र डरचिन्ता रहनेछ । रक्तसञ्चार र प्रजनन स्वास्थ्यमा ख्याल गर्नुहोला । मंगलबार गणेशजीको व्रत, पूजा उपासना गरेमा नकरात्मक प्रभावबाट बच्न सकिन्छ ।
८. वृश्चिक राशि –
यो वर्ष सामान्य समय रहेको छ, केतु अनुकूल रहनाले यश कीर्ति बढ्ने, आर्थिक लाभ हुने, गुरु, राहु र शनि प्रतिकूल रहनाले मानसिक चिन्ता र हानीनोक्सानी हुने, वर्षको उत्तरार्ध अधिकतर राम्रो रहने, जागीर सामान्य, व्यवसायमा लाभ, वैदेशिक क्षेत्रका काममा विलम्ब, शैक्षिक क्षेत्र राम्रो, यदि जन्मकुण्डलीमा शनि अशुभ भएमा अढैया शनिको कारण नजिकका मानिससँग वादविवाद हुने, नजिकका मानिस टाढिने योग रहेको, पेटमा कलेजो र अस्थिपञ्जरमा स्वास्थ्य समस्या देखिन सक्ने, ग्रहशान्ति एवं भगवान गणेशको पूजा उपासनाले जीवनमा शान्ति ल्याउनेछ ।
९. धनु राशि –
यो वर्ष शुभ समय रहेको छ, वृहस्पतिको कृपाले शैक्षिक सफलता दिलाउनेछ, रोकिएका कामहरू बन्ने एवं नयाँ कार्यको थालनी हुने, आर्थिक क्षेत्र सबल रहने, साथीभाइ-इष्टमित्रबाट सहयोग हुने, धार्मिक यात्रा हुने, परिवारमा मांगलिक कार्यको थालनी हुने, वैदेशिक क्षेत्रबाट सामान्य लाभ, लेनदेनमा सावधान हुनुपर्ने, सन्तान सुख मिल्ने, प्रेम सम्बन्ध सफल, निद्रासम्बन्धि सामान्य स्वास्थ्य समस्या रहन सक्ने, सोमबार भगवान शिवजीको पूजा उपासनाले जीवन सफलतातर्फ लम्किनेछ ।
१०. मकर राशि –
मध्यमखालको समय, आर्थिक स्थिती बलियो भए पनि खर्च बढेर जानेछ, मन अस्थिर रहनेछ, साढेसाती शनिको दशाले झुट्टा आरोप लाग्ने, धनको नाश हुने, शत्रु बढ्ने, जागीर मध्यम रहने, व्यवसाय सफल, विदेश सफल, विद्यामा बाधा हुने, प्रेम सम्बन्ध सफल हुने, पेटसम्बन्धि स्वास्थ्यमा बाधा हुने, सामान्य चोटपटकको भय, हरेक शनिबार पीपलमा जल चढाउने र ग्रहशान्ति गर्दा वर्ष उत्तम बित्नेछ । शनि शुभ हुनेका हकमा यसको विपरित फल प्राप्त हुनेछ ।
११. कुम्भ राशि –
सामान्य वर्ष रहेको छ, धार्मिक भ्रमणको योग, सामाजिक काममा समय बित्नेछ, साढेसाती शनिको प्रभावका कारण मानसिक तनाव, स्वास्थ्यसम्बन्धि शिरदर्द र पत्थरीको समस्या पैदा हुने, शत्रुवृद्धि, धननाश हुने, अधिकतर कामहरू पूरा हुन गाह्रो हुने, आर्थिक सङ्कटले सताइरहने, जागीर र वैदेशिक क्षेत्र भने सफल देखिएको, प्रेम जीवन सामान्य, नयाँ कामको थालनी हुन सक्ने, रगतमा एवं शिरभागमा स्वास्थ्य समस्या हुने, ग्रहशान्ति गरेर अगाडि बढेमा धेरै सङ्घर्षका बावजूत सफलता हात लाग्नेछ । शनि शुभ हुनेका हकमा यसको विपरित फल प्राप्त हुनेछ ।
१२. मीन राशि –
मध्यम वर्ष रहेको छ, शैक्षिक क्षेत्र सफल, साथीभाइको सहयोग पाइने, कुटुम्बवृद्धि हुने योग, साढेसाती शनिको प्रभावबाट धनको नोक्सान, आफन्तमा वादविवाद, शत्रुभय र केही झमेलाहरूमा फस्न सक्ने सम्भावना, सामान्य चोटपटकको योग, साझेदारी काममा वाधा, जागीर र वैदेशिक क्षेत्र भने सफल देखिएको, पवित्र आध्यात्मिक एवं धार्मिक भ्रमणको सम्भावना, प्रेम सम्बन्ध सफल, विद्याक्षेत्र मध्यम, राहु, केतु र शनिको ग्रहशान्ति गरेमा शुभ फल प्राप्त हुने, भगवती लक्ष्मीदेवीको दर्शन र पूजा गर्दा राम्रो हुने, शनि शुभ हुनेका हकमा यसको विपरित फल प्राप्त हुनेछ ।
समग्रमा १२ राशिफल -
उत्तम फल प्राप्त हुने राशि – मिथुन, सिंह, तुला, धनु
मिश्रित फल प्राप्त हुने राशि – मेष, वृष, मकर, कुम्भ, मीन
सामान्य फल प्राप्त हुने राशि – कर्कट, कन्या, वृश्चिक ।
सम्पर्क – ९८६०९९६०९९
Email : message.swastikastro@gmail.com

