प्राचीन कालमा यमराज बहिनी यमुनाको घरमा धेरै समयमा आउनुभएको र दाजुबहिनीबीच सौहार्दपूर्ण मेलमिलाप भइ यमराज बिदा हुनुभएको कुरा हिन्दूशास्त्रमा वर्णित छ । यमुनाले यमराजलाई प्रत्येक वर्ष बहिनीलाई भेट्ने वाचा गराउनुभएको कुरा उल्लेख छ । यहाँदेखि नै प्रत्येक वर्ष तिहार मनाउने प्रचलन शुरु भएको मानिन्छ ।
वैदिक सनातनी हिन्दूहरूको दोश्रो ठूलो र महान् चाड तिहार २०७९ कार्तिक ५ गते शनिबारबाट
शुरु भएको छ । कार्त्तिक कृष्णपक्षको त्रयोदशीका दिन कागतिहारको नामले शुरु भएर कार्त्तिक शुक्लपक्षको द्वितीया तिथिको भाइटीकासम्म गरि पाँच दिनसम्म विशेष गरि कालका देवता यमराजको पूजा गरि मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ
। कहिलेकाहीँ तिथिको घटबढ हुँदा दिन तलमाथि
पर्न सक्छ । दाजुभाइ र
दिदिबहिनीबीच ऐश्वर्य, आरोग्यता र दीर्घायूको कामना गर्दै निधारमा दूबो र सप्तरङ्गी टीका लगाइ मखमली र सयपत्रि फूलको माला गलामा
पहिर्याएर तिहार मनाइन्छ । प्राचीन कालमा यमराज बहिनी यमुनाको घरमा धेरै समयमा
आउनुभएको र दाजुबहिनीबीच सौहार्दपूर्ण मेलमिलाप भइ यमराज बिदा हुनुभएको कुरा
हिन्दूशास्त्रमा वर्णित छ । यमुनाले यमराजलाई प्रत्येक वर्ष बहिनीलाई भेट्ने वाचा
गराउनुभएको कुरा उल्लेख छ । यहाँदेखि नै प्रत्येक वर्ष तिहार मनाउने प्रचलन शुरु
भएको मानिन्छ ।
तिहारका पाँच दिन क्रमैसँग काग, कुकुर, गाइ-गोरु, लक्ष्मी र भाइपूजा गरिन्छ । काग
र कुकुरलाई यमराजको दूत र वाहनको रूपमा पूजा गर्ने गरिन्छ । त्यस्तै गाइले दूधरूपी
अमृत दिने र विशेष गुण हुने हुनाले गाइलाई देवीको रूपमा पूजिन्छ । लक्ष्मीपूजाको
दिन प्रायः विश्वभरि नै दीपावली गरिन्छ । धनकी देवी लक्ष्मीको पूजाअर्चना गरिन्छ ।
अँध्यारोबाट उज्यालोतर्फ जानु नै जीवन हो । त्यसकारण दीपावली गर्दा जीवनका सबैखाले
अँध्याराहरू हटेर जाऊन् भनि प्रार्थना गरिन्छ । खासगरि तिहारमा कालका देवता
यमराजको पूजा गर्ने गरिन्छ । जसले गर्दा दाजुभाइको आयु, आरोग्य र ऐश्वर्य बढ्ने
कुरा शास्त्रमा वर्णित छ । त्यस्तै तिहारमा भैलो र देउसी पनि खेलिन्छ ।
प्राचीनकालमा पातालमा पुगेपछि बलिराजाले वामन भगवानसँग वर्षमा एकचोटी पृथ्वी
घुम्ने वरदान माग्नुभए अनुसार बलिराजाले पठाउनुभएको भनि भैलो र देउसी खेल्ने
गरिन्छ ।
वैदिक सनातन हिन्दू चाडपर्वहरूमा विभिन्न वनस्पति, पशुपक्षी तथा प्रकृतिको पनि
पूजा गर्ने विधान रहेको छ । यसले सर्वश्रेष्ठ र चेतनशील प्राणी मानिसले सबैलाई
प्रेम गर्नुपर्छ भनेर सन्देश दिन खोजेको छ । पृथ्वीका सबै वस्तुहरूको संरक्षण
गर्दै सदुपयोग गर्नुपर्छ भनेर सिकाएको छ । त्यस्तै मानिसहरूबीच भाइचारा सम्बन्ध,
मेलमिलाप र शान्ति कायम गर्न पनि तिहारजस्ता चाडपर्वले निकै ठूलो भूमिका खेलेका
छन् । तिहारको उपलक्ष्यमा सबैलाई हार्दिक मंगलमय शुभकामना !
वैदिक सनातन हिन्दू चाडपर्वहरूमा विभिन्न वनस्पति, पशुपक्षी तथा प्रकृतिको पनि पूजा गर्ने विधान रहेको छ । यसले सर्वश्रेष्ठ र चेतनशील प्राणी मानिसले सबैलाई प्रेम गर्नुपर्छ भनेर सन्देश दिन खोजेको छ । पृथ्वीका सबै वस्तुहरूको संरक्षण गर्दै सदुपयोग गर्नुपर्छ भनेर सिकाएको छ ।
यसवर्षको तिहारपर्वसँग सम्बन्धित दिन र विभिन्न शुभसाइतहरू निम्नलिखित रहेका
छन् –
१)
वि.सं. २०७९ कार्तिक ५ गते, शनिबार –
यमदीपदान, धनत्रयोदशी (धन्तेरस) ।
२)
वि.सं. २०७९ कार्तिक ६ गते, आइतबार –
काकबली (कागतिहार), धन्वन्तरी जयन्ती
३)
वि.सं. २०७९ कार्तिक ७ गते, सोमबार –
कुकुरतिहार, नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने), लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
४)
वि.सं. २०७९ कार्तिक ८ गते, मंगलबार –
गाईतिहार (गाईपूजा)
५)
वि.सं. २०७९ कार्तिक ९ गते,
बुधबार –
गोवर्द्धनपूजा, बलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा, नेपाल संवत् ११४३ प्रारम्भ ।
६)
वि.सं. २०७९ कार्तिक १० गते, बिहिबार –
यमद्वितीया,
भाइटीका (किजापूजा) बिहान ११:३७ बजे
(उत्तर मोहडा) ।
(शुभसाइत
स्रोत : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति)