वर्षभरि नै काममा व्यस्तता रहने आजको युगमा चाडपर्वको बेलामा मानिसहरूलाई विभिन्न पारिवारिक भेटघाट र मेलमिलापको अवसर प्राप्त हुने हुनाले पनि चाडपर्वको महत्त्व बढ्दै गएको छ ।
असोज १० गतेदेखि वैदिक सनातनी हिन्दूहरूको महान् चाड बडादशैँ २०७९ शुरु हुँदै छ ।
आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइने यो पर्वको
पहिलो दिन घटस्थापना गरि जमरा छर्ने विधान रहेको छ । महिषासुरमर्दिनी नवदुर्गा
भगवतीले काम, क्रोध,
लोभ, मोह र असत्यको गुण बोक्ने राक्षसराज महिषासुरविरुद्ध जीत हासिल गरि सत्यको
स्थापना गर्नुभएको दिनको रूपमा नवरात्रपछिको दिन अर्थात् दशौँ दिन विजयादशमीका दिन
टीका र घटस्थापना गर्दा राखिएको जमरा लगाएर धूमधामका साथ दशैँ मनाउने गरिन्छ । यस
अवसरमा सबैजना आफूभन्दा ज्येष्ठ मान्यजनको घरमा गइ टीका,
जमरा र आशीर्वाद थाप्ने प्रचलन रहिआएको
छ ।
वैदिक सनातनीहरूको यस्ता चाडपर्वहरूले समाजमा मानवबीच सहिष्णुता, अटुट धार्मिक-आध्यात्मिक-सांस्कृतिक-सामाजिक मेलमिलाप, प्रेम, सद्भाव र पुनर्मिलन कायम गराउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । योसँगै विभिन्न देवीदेवताहरूको पूजन र उपासनाले धार्मिक-आध्यात्मिक पुण्य त प्राप्त हुने नै भयो साथसाथै असल मानवीय चरित्र र गुण विकास गर्न पनि उत्तिकै सहयोग पुर्याइरहेको हुन्छ । वर्षभरि नै काममा व्यस्तता रहने आजको युगमा चाडपर्वको बेलामा मानिसहरूलाई विभिन्न पारिवारिक भेटघाट र मेलमिलापको अवसर प्राप्त हुने हुनाले पनि चाडपर्वको महत्त्व बढ्दै गएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसवर्षको दशैँमा घटस्थापनाको शुभसाइत असोज १० गते
सोमबार
बिहान १० बजेर २३ मिनेटमा रहेको छ भने टीकाको शुभसाइत असोज १९ गते
बुधबार
बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।
असन्तुलित खानपान, रहनसहन र कुसंस्कृतिलाई परित्याग गरौँ । हर्षोल्लासका साथ चाडपर्व मनाऔँ ।
चाडबाडका समयमा आजकाल मानिसहरूमा अनावश्यक खर्च गर्ने होडबाजी बढ्दै जान थालेको छ । यसतर्फ भने बेलैमा विचार पुर्याउँदा उपयुक्त होला । असन्तुलित खानपान, रहनसहन र कुसंस्कृतिलाई परित्याग गरौँ । हर्षोल्लासका साथ चाडपर्व मनाऔँ । सबैका लागि बडादशैँ एउटा सकारात्मक उमङ्ग र उर्जा बोकेर आओस् । सबैमा ईश्वरीय चैतन्यको प्राप्ति होस् । नवदुर्गा भगवतीले सबैको कल्याण गरून् !
बडादशैँ २०७९ को सबै दिनका कर्महरू र शुभसाइतको विस्तृत जानकारीको लागि कृपया तलको भिडियो हेर्नुहोस्-