दाजुभाइ र दिदिबहिनीबीच ऐश्वर्य, आरोग्यता र दीर्घायूको कामना गर्दै निधारमा दूबो र सप्तरङ्गी टीका लगाइ मखमली र सयपत्रि फूलको माला गलामा पहिर्याएर तिहार मनाइन्छ ।
हिन्दूहरूको दोश्रो ठूलो र महान् चाड तिहार २०७८ कार्तिक १६ गते मंगलबारबाट शुरु भएको छ । कार्त्तिक कृष्णपक्षको त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्लपक्षको द्वितीया तिथिको भाइटीकासम्म गरि पाँच दिनसम्म विशेष गरि कालका देवता यमराजको पूजा गरि मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । कहिलेकाहीँ तिथिको घटबढले तिहार जम्मा चार दिनको हुन्छ । दाजुभाइ र दिदिबहिनीबीच ऐश्वर्य, आरोग्यता र दीर्घायूको कामना गर्दै निधारमा दूबो र सप्तरङ्गी टीका लगाइ मखमली र सयपत्रि फूलको माला गलामा पहिर्याएर तिहार मनाइन्छ । प्राचीन कालमा यमराज बहिनी यमुनाको घरमा धेरै समयमा आउनुभएको र दाजुबहिनीबीच सौहार्दपूर्ण मेलमिलाप भइ यमराज बिदा हुनुभएको कुरा हिन्दूशास्त्रमा वर्णित छ । यमुनाले यमराजलाई प्रत्येक वर्ष बहिनीलाई भेट्ने वाचा गराउनुभएको कुरा उल्लेख छ । यहाँदेखि नै प्रत्येक वर्ष तिहार मनाउने प्रचलन शुरु भएको मानिन्छ ।
तिहारका पाँच दिन क्रमैसँग काग, कुकुर, गाइ-गोरु, लक्ष्मी र भाइपूजा गरिन्छ । काग र कुकुरलाई यमराजको दूत र वाहनको रूपमा पूजा गर्ने गरिन्छ । त्यस्तै गाइले दूधरूपी अमृत दिने र विशेष गुण हुने हुनाले गाइलाई देवीको रूपमा पूजिन्छ । लक्ष्मीपूजाको दिन प्रायः विश्वभरि नै दीपावली गरिन्छ । धनकी देवी लक्ष्मीको पूजाअर्चना गरिन्छ । अँध्यारोबाट उज्यालोतर्फ जानु नै जीवन हो । त्यसकारण दीपावली गर्दा जीवनका सबैखाले अँध्याराहरू हटेर जाऊन् भनि प्रार्थना गरिन्छ । खासगरि तिहारमा कालका देवता यमराजको पूजा गर्ने गरिन्छ । जसले गर्दा दाजुभाइको आयु, आरोग्य र ऐश्वर्य बढ्ने कुरा शास्त्रमा वर्णित छ । त्यस्तै तिहारमा भैलो र देउसी पनि खेलिन्छ । प्राचीनकालमा पातालमा पुगेपछि बलिराजाले वामन भगवानसँग वर्षमा एकचोटी पृथ्वी घुम्ने वरदान माग्नुभए अनुसार बलिराजाले पठाउनुभएको भनि भैलो र देउसी खेल्ने गरिन्छ ।
मानिसहरूबीच भाइचारा सम्बन्ध, मेलमिलाप र शान्ति कायम गर्न पनि तिहारजस्ता चाडपर्वले निकै ठूलो भूमिका खेलेका छन् ।
हिन्दू चाडपर्वहरूमा विभिन्न वनस्पति, पशुपक्षी तथा समग्र प्रकृतिको पूजा
गर्ने विधान रहेको छ । यसले सर्वश्रेष्ठ प्राणी मानिसले सबैलाई प्रेम गर्नुपर्छ
भनेर सन्देश दिन खोजेको छ । पृथ्वीका सबै वस्तुहरूको संरक्षण गर्दै सदुपयोग
गर्नुपर्छ भनेर सिकाएको छ । त्यस्तै मानिसहरूबीच भाइचारा सम्बन्ध, मेलमिलाप र शान्ति
कायम गर्न पनि तिहारजस्ता चाडपर्वले निकै ठूलो भूमिका खेलेका छन् । तिहारको
उपलक्ष्यमा सबैलाई हार्दिक मंगलमय शुभकामना !
यसवर्षको तिहारपर्वसँग सम्बन्धित दिन र विभिन्न शुभसाइतहरू निम्नलिखित रहेका
छन् –
१)
वि.सं. २०७८ कार्तिक १६ गते, मंगलवार –
यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती ।
२)
वि.सं. २०७८ कार्तिक १७ गते, बुधवार –
काकबली
(कागतिहार), कुकुरतिहार, नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने)
३)
वि.सं. २०७८ कार्तिक १८ गते, विहिवार –
लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
४)
वि.सं. २०७८ कार्तिक १९ गते, शुक्रवार –
गाइतिहार,
गोबर्धनपूजा, गोबलिपूजा, हलितिहार, म्हपूजा, नेपाल संवत् ११४२ प्रारम्भ ।
५) वि.सं.
२०७८ कार्तिक २० गते, शनिवार –
यमद्वितीया
भाइटीका, (किजापूजा) बिहान ११:०२ बजे ।