वर्षभरि नै काममा व्यस्तता रहने आजको युगमा चाडपर्वको बेलामा मानिसहरूलाई विभिन्न पारिवारिक भेटघाट र मेलमिलापको अवसर प्राप्त हुने हुनाले पनि चाडपर्वको महत्त्व बढ्दै गएको छ ।
असोज २१ गतेदेखि वैदिक सनातनी हिन्दूहरूको महान् चाड बडादशैँ २०७८ शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइने यो पर्वको पहिलो दिन घटस्थापना गरि जमरा छर्ने विधान रहेको छ । महिषासुरमर्दिनी नवदुर्गा भगवतीले काम, क्रोध, लोभ, मोह र असत्यको गुण बोक्ने राक्षसराज महिषासुरविरुद्ध जीत हासिल गरि सत्यको स्थापना गर्नुभएको दिनको रूपमा नवरात्रपछिको दिन अर्थात् दशौँ दिन विजयादशमीका दिन टीका र घटस्थापना गर्दा राखिएको जमरा लगाएर धूमधामका साथ दशैँ मनाउने गरिन्छ । यस अवसरमा सबैजना आफूभन्दा ज्येष्ठ मान्यजनको घरमा गइ टीका, जमरा र आशीर्वाद थाप्ने प्रचलन चलिआएको छ ।
वैदिक सनातनीहरूको यस्ता चाडपर्वहरूले समाजमा मानवबीच सहिष्णुता, अटुट
धार्मिक-आध्यात्मिक-सांस्कृतिक-सामाजिक मेलमिलाप, प्रेम, सद्भाव र पुनर्मिलन कायम
गराउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । योसँगै विभिन्न देवीदेवताहरूको पूजन
र उपासनाले धार्मिक-आध्यात्मिक पुण्य त प्राप्त हुने नै भयो साथसाथै असल मानवीय
चरित्र र गुण विकास गर्न पनि उत्तिकै सहयोग पुर्याइरहेको हुन्छ । वर्षभरि नै काममा
व्यस्तता रहने आजको युगमा चाडपर्वको बेलामा मानिसहरूलाई विभिन्न पारिवारिक भेटघाट
र मेलमिलापको अवसर प्राप्त हुने हुनाले पनि चाडपर्वको महत्त्व बढ्दै गएको छ । यसवर्षको
दशैँमा घटस्थापनाको शुभसाइत असोज २१ गते बिहिबार बिहान ११ बजेर ४६ मिनेटमा रहेको छ
भने टीकाको शुभसाइत असोज २९ गते शुक्रबार बिहान १० बजेर ०२ मिनेटमा रहेको छ ।
असन्तुलित खानपान, रहनसहन र कुसंस्कृतिलाई परित्याग गरौँ । हर्षोल्लासका साथ चाडपर्व मनाऔँ ।
चाडबाडका समयमा आजकाल मानिसहरूमा अनावश्यक खर्च गर्ने होडबाजी बढ्दै जान
थालेको छ । यसतर्फ भने बेलैमा विचार पुर्याउँदा उपयुक्त होला । असन्तुलित खानपान, रहनसहन
र कुसंस्कृतिलाई परित्याग गरौँ । हर्षोल्लासका साथ चाडपर्व मनाऔँ । सबैका लागि
बडादशैँ एउटा सकारात्मक उमङ्ग र उर्जा बोकेर आओस् । सबैमा ईश्वरीय चैतन्यको
प्राप्ति होस् । नवदुर्गा भगवतीले सबैको कल्याण गरून् !
बडादशैँ २०७८ को सबै दिनका कर्महरू र शुभसाइतको विस्तृत जानकारीको लागि कृपया तलको भिडियो हेर्नुहोस्-

