स्वस्तिक ज्योतिष सेवा
ज्योतिष, वास्तु र धार्मिक सेवाको लागि
सुन्धारा, काठमाण्डौ, नेपाल
ॐ श्री गणेशाय नमः ॥
श्रीसच्चिदानन्दपरमात्मने नमः ॥
नमस्ते !
हामी 'मानवताका लागि आध्यात्मिकता' भन्ने मूल सिद्धान्तका साथ ज्योतिषीय तथा धार्मिक क्षेत्रको
एकीकृत सेवामार्फत जनसेवामा अगाडि बढिरहेका छौँ । यदि यहाँहरूलाई कुनै पनि ज्योतिष,
धार्मिक तथा आध्यात्मिक सहयोगको आवश्यकता परेमा विश्वको
जुनसुकै ठाउँबाट पनि कृपया हामीलाई सम्झन सक्नुहुनेछ । यहाँहरूको समस्या समाधान
गरी सहयोग गर्न हामी हरदम तत्पर छौँ ।
हाम्रा सेवाहरू -
- जन्मपत्रिका (चिना) निर्माण तथा कुण्डली फलादेशबाट सफल भविष्यको मार्गनिर्देश गरिने एवं आवश्यकताअनुसार रत्न र पत्थरहरू उपलब्ध गराइने,
- नयाँ गृह तथा भवन
निर्माणका लागि वास्तु परामर्श दिइने साथै वास्तु दोषहरूको समाधान गरिने,
- श्रीमद्भागवत कथा
सप्ताह ज्ञान महायज्ञ लगायत पुराण वाचन एवं अन्य धार्मिक र आध्यात्मिक अनुष्ठान
यहाँहरूको कामनाअनुसार आयोजना र सम्पन्न गरिने,
- विद्वान पण्डितहरूबाट
कुनै पनि वैदिक कर्मकाण्ड र पाठपूजा, व्रतबन्ध, विवाह लगायतका षोडश संस्कार तथा गृहवास्तु,
ग्रहशान्ति एवं जपलगायतका काम प्रत्यक्ष र विद्युतीय
(अनलाइन) जुनसुकै माध्यमबाट गरिने,
- धार्मिक एवं पूजा
सामग्रीहरू यहाँहरूको मागअनुसार उपलब्ध गराइने,
- उत्प्रेरक
वक्ताहरूमार्फत विद्यालय, कलेज एवं अन्य जुनसुकै संस्थाहरुमा उत्प्रेरणामूलक र सु-संस्कारमूलक
कार्यक्रमहरू गरिने,
- विभिन्न मठ-मन्दिर र देवालय तथा धार्मिक र आध्यात्मिक स्थलहरूमा सत्सङ्गको आयोजना गरिने आदि ।
उपरोक्त धार्मिक, आध्यात्मिक, ज्योतिषीय तथा उत्प्रेरणामूलक कर्महरूको माध्यमबाट व्यक्ति मात्र नभई परिवार, समाज र राष्ट्रलाई समेत सहि मार्गमा डोर्याएर नै 'मानवताका लागि आध्यात्मिकता' भन्ने सिद्धान्तलाई पूरा गर्न सकिन्छ भन्ने अटल विश्वासका साथ सात्त्विक, सरल, शास्त्रानुकूल, प्रामाणिक र वैज्ञानिक तरिकाले कर्महरू गरिँदै आएको छ ।